Trending :
 

बजेट भाषणः सामाजिक सुरक्षा भत्ता यथावत् नै रहने

जेठ १५,२०८१

-आस्था न्यूज

जेठ १५, २०८१ काठमाडौं
आउँदो आर्थिक वर्षमा पनि अहिले भइरहेका सामाजिक सुरक्षा भत्ता नै यथावत् रहने भएका छन् ।
 
आउँदो आर्थिक वर्ष २०८१/८२ को बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारले सामाजिक सुरक्षा भत्ता यथावत् राखिएको बताउनुभयो । आउँदो वर्ष सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब रुपैयाँ विनियोजन भएको छ ।