Trending :
 

ओलम्पिक बक्सिङ छनोटः नेपालकी अन्जनी प्रि-क्वार्टरफाइनलमा प्रवेश

जेठ १६,२०८१

-आस्था न्यूज

जेठ १६, २०८१ काठमाडौं ।
नेपालकी अन्जनी तेली रोड टु पेरिसअन्तर्गत दोस्रो ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा मंगलबार प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् ।
 
थाइल्यान्डको बैंककमा जारी प्रतियोगिताको महिला ५४ केजीमा अन्जनीले हङकङकी विनी औ यिन यिनलाई ५–० ले पराजित गरिन् ।
 
नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीका अनुसार अन्जनीले प्रिक्वाटरफाइनलमा मोन्टेनेग्रोकी बोजान गोज्कोभिकको सामना गर्नेछिन् । सो खेल शनिबार हुनेछ ।