Trending :
 

सुकेको प्याज प्रतिकिलो ६६ रुपैयाँ

जेठ १७,२०८१

-आस्था न्यूज

जेठ १७, २०८१ काठमाडौं ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । 
 
बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५३ रुपैयाँ रहेको छ । प्याज सुकेको ६६ रुपैयाँ ४० पैसा, लोकल गाजर ५५ रुपैयाँ प्रति केजी रहेको छ । 
 
स्थानीय काउली ५५ रुपैयाँ, बन्दा लोकल ३० रुपैयाँ, लौका ४६ रुपैयाँ, भिण्डी २१ रुपैयाँ ६० पैसा र लोकल सानो गोलभेँडा २३ रुपैयाँ २० प्रति केजी तोकिएको छ ।