Trending :
 

यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर

जेठ १८,२०८१

-आस्था न्यूज

जेठ १८, २०८१ काठमाडौं ।
आज २०८१ साल जेठ १८ गते शुक्रबार सन् २०२४ मे ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा पुगेको छ।
 
युरो एकको खरिद दर १४३ रुपैयाँ ९३ पैसा र बिक्री दर १४४ रुपैयाँ ५८ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १७ पैसा र बिक्री दर १६९ रुपैयाँ ९३ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।