Trending :
 

स्ट्राइकर एडिसन कभानीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

जेठ १८,२०८१

-आस्था न्यूज

जेठ १८, २०८१ काठमाडौं ।
उरुग्वेका स्ट्राइकर एडिसन कभानीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
 
कोपा अमेरिकाका लागि टिममा छनौट भएका कभानीले अप्रत्याशित रुपमा सन्यासको घोषणा गरेका छन् । ३७ वर्षीया कभानीले सामाजिक सञ्जालमा लेख्दै सन्यासको घोषणा गरेका हुन् ।
 
कभानीले उरुग्वेका लागि १३६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यस क्रममा उनले चार विश्वकपमा सहभागिता, एक कोपा अमेरिकाको उपाधि र ५८ गोलपछि सन्यासको घोषणा गरेका छन् ।
 
कभानी हाल अर्जेन्टिनाको बोका जुनियर्समा आफ्नो क्लब फुटबल खेल्दै छन्, जहाँ उनले १८ खेलमा १२ गोल गरिसकेका छन् ।
 
कभानीले यसअघि नापोली, पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर युनाइटेडलगायत युरोपेली शीर्ष क्लबहरूबाट खेलिसकेका छन् ।