Trending :
 

सहकारी ठगी प्रकरणः छानबिन समितिले आइतबारदेखि काम थाल्ने

जेठ १८,२०८१

-आस्था न्यूज

जेठ १८, २०८१ काठमाडौं ।
सत्तापक्ष र प्रतिपक्षबीचको लामो रस्साकस्सीपछि सहकारी ठगी प्रकरण छानबिनका लागि गठित ‘संसदीय छानबिन विशेष समिति’ ले आइतबारदेखि काम थाल्ने भएको छ ।
 
सत्ता साझेदार नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि आइतबारदेखि काम थाल्ने गरी कार्यालय पनि व्यवस्थापन गरेको छ ।
 
संयोजक थापा क्षेत्रीले केही दिनमै काम थाल्ने गरी समितिले तयारी गरिरहेको जानकारी दिए । उनले संसदीय समितिलाई कार्यालय र आवश्यक जनशक्तिको टुंगो लाग्न बाँकी रहेको जानकारी दिए ।