Trending :
 

नयाँ सरकार गठनका लागि मधेश प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउदै

जेठ २०,२०८१

-आस्था न्यूज

जेठ २०, २०८१ काठमाडौं ।
मधेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत, नेकपा एकीकृत समाजवादीसहितका दलले प्रदेश प्रमुखलाई नयाँ सरकार गठनका लागि ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका छन् ।
 
जसपा नेतृत्वको मधेश सरकार अल्पमतमा रहेकाले नयाँ सरकार गठनका लागि आह्वान गर्न बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाउने ती दलहरुले तयारी गरेका हुन् ।
 
गत जेठ १७ गते एमाले, नेकपा माओवादी केन्द्र र जनमतले नयाँ सरकार बनाउने सहमति गरेको थियो । एकीकृत समाजवादीसमेत सकारात्मक भएपछि नयाँ सरकार गठनको लागि अघि बढेको बताइएको छ ।