Trending :
 

आइतबार सामान्य घट्यो सुन, तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम

जेठ २०,२०८१

-आस्था न्यूज

जेठ २०, २०८ काठमाडौं ।
नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार भने तोलामा सामान्य घटेर १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको हो । 
 
यस्तै तेजावी सुन तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 
 
यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको हो ।