Trending :
 

नेपालमा विदेश जाने युवाहरूमाथि ठगी भइरहेको भन्दै सरकारलाई ध्यानकर्षण

जेठ २०,२०८१

-आस्था न्यूज

जेठ २०, २०८ काठमाडौं ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले विदेश जाने युवाहरूमाथि ठगी भइरहेको बताएका छन् ।
 
म्यानपावर व्यावसायीले गैरकानुनी रूपमा विदेश जाने युवाहरूसँग रकम लिइरहेको तर सरकार मुकदर्शक बनेको उनले बताएका छन् ।
 
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले वैदेशिक रोजगारीमा जाने युवाहरूमाथि चरम अत्याचार भइराखेको बताए । त्यस्तो अत्याचार नरोकिए जनताबाटै विद्रोह हुन सक्ने उनको चेतावनी छ ।
 
सांसद साहले भने, ‘वैदेशिक रोजगारीका सन्दर्भमा पीडिकहरू नै मालामाल भइरहेका छन् । यसलाई रोकिएन भने जनता चुप लागेर बस्छन् जस्तो लाग्दैन । यसकारण सरकारले समयमै ध्यान देओस् ।’
 
‘१० हजारभन्दा बढी सेवा शुल्क लिन नपाउने प्रावधान छ । तर म्यानपावर एजेन्टले लाखौं रुपैयाँ असुल गरिरहेका छन् । युवाले गैरकानुनी रूपमा दिएको रकम फिर्ता पाउँछन् कि पाउँदैनन्,’ सांसद साहको प्रश्न छ ।
 
सरकार गम्भीर नभएका कारण वैदेशिक रोजगारीमा जाने युवा ठगिन बाध्य भइराखेको उनको टिप्पणी छ । उनी भन्छन्, ‘सरकारले न्याय दिलाउँछ कि दिलाउँदैन रु यहाँ जो रक्षक उही भक्षक जस्तो भयो ।’
 
नेपालको संविधानले रोजगारीलाई मौलिक अधिकारको रूपमा स्थापित गरेको उनले बताए । ‘मौलिक अधिकारको दायित्व सरकारले बहन गर्न सक्नुपर्छ,’ उनले भने ।
 
साहले सरकार गम्भीर नहुँदा बेरोजगारीमाथि व्यापार भइरहेको बताए । ‘बेरोजगारमाथि व्यापार भइरहेको छ । बेरोजगार युवालाई आम्दानीको स्रोत बनाइएको छ ।