Trending :
 

पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

जेठ २०,२०८१

-आस्था न्यूज

जेठ २०, २०८ काठमाडौं ।
सर्वोच्च अदालतले पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
 
न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले विशेष अदालतको फैसलालाई सदर गरेको हो ।
 
विशेष अदालतले २०६९ मंसिर ११ गतेमा पूर्व सहसचिव राजभण्डारीलाई दोषी ठहर गरेको थियो ।
 
विशेषले उनले २ करोड ४६ लाख १९ हजार ९ सय ३२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै त्यति रकम असुलउपर गर्नुपर्ने ठहर गरेको थियो । उनीसँग सोही बराबर थप जरिवाना हुने विशेषको फैसला थियो । विशेषले उनलाई एक वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चले आइतबार विशेषले गरेको निर्णय मिलेकै देखिएको भन्दै सदर गरेको हो ।