Trending :
 

टी-२० विश्वकपः तेस्रो खेलमा नामिबिया र ओमान प्रतिस्पर्धामा

जेठ २१,२०८१

-आस्था न्यूज

जेठ २१, २०८१ काठमाडौं ।
 
आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गतको तेस्रो खेलमा अहिले नामिबिया र ओमानले प्रतिस्पर्धा गर्दैछन्।
 
नामिबियाले केन्सिङ्टन ओवल, बार्बाडोस मैदानमा टस जितेर सुरुमा फिल्ड रोज्ने निर्णय गरेसँगै ओमानले पहिला ब्याटिङ गर्दैछ।
 
नामिबियाले सुरुको दुई बलमा ओमानको दुई विकेट लिएको छ।
नामिबियाका रुबेन ट्रम्पलम्यानले ओमानका ओपनर कश्यप प्रजापतिलाई पहिलो बलमा र कप्तान अकिब इलियासलाई दोस्रो बलमा आउट गरेका हुन्।
 
ट्रम्पलम्यानले नामिबियाका लागि पहिलो ओभरमा दुई विकेट लिएर मात्र तीन रन दिए।
 
विश्वमा दुई खेल सकिएका छन्। पहिलो खेलमा आइतबार बिहान क्यानडामाथि अमेरिकाले सात विकेटको शानदार जित निकालेको थियो। पहिलो खेलमा टस जितेर सुरुमा फिल्ड रोजेको अमेरिकाले क्यानडाले दिएको १९५ रनको लक्ष्य १७.४ ओभरमा तीन विकेट गुमाएर १९७ रन बनाउँदै भेट्टाएको थियो।
 
दोस्रो खेलमा आइतबार राति वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी)माथि पाँच विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको छ।
 
पीएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको हो।