Trending :
 

एमबाप्पे अब रियल मड्रिडबाट खेल्ने

जेठ २१,२०८१

-आस्था न्यूज

जेठ २१, २०८१ काठमाडौं ।
केलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको सम्झौताको म्याद सकिएपछि निःशुल्क ट्रान्सफरमा रियल मड्रिडमा आबद्ध हुन सम्झौता गरेका छन् ।
 
फ्रेन्च क्लब पीएसजीसँग एमबाप्पेको सम्झौता ३० जुनमा सकिंदैछ ।
 
फ्रान्सेली स्ट्राइकर एमबाप्पेले फेब्रुअरीमै मौखिक रूपमा बर्नाबेउ जान सहमति दिएका थिए । त्यसपछि मेमा उनले सिजनको अन्त्यमा पीएसजी छोड्ने घोषणा गरे।
 
२५ वर्षीय एमबाप्पेले अब रियल मड्रिडसँग विभिन्न बुँदामा सम्झौता गरिसकेका छन् । जुलाई १ मा स्पानिस ला लिगा ट्रान्सफर विन्डो खुलेपछि उनी स्पानिस क्लब जाने बीबीसीले जनाएको छ ।
 
भर्खरै कीर्तिमानी १५औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको रियलले अर्को हप्ता एमबाप्पेसँग सम्झौता घोषणा गर्ने अपेक्षा गरिएको छ ।
 
युरो २०२४ अघि नै औपचारिक रूपमा  बर्नाबेउमा प्रस्तुत गर्ने तयारी रहेको बीबीसीले जनाएको छ ।
 
सन् २०१८ मा फ्रान्सका लागि विश्वकप जितेका एमबाप्पेले सन् २०१७ मा मोनाकोबाट पीएसजी पुगेयता क्लबका लागि कीर्तिमानी २५६ गोल गरेका थिए ।
 
एमबाप्पेले रियलसँग २०२९ सम्मको सम्झौतामा सहमति जनाएका छन् । जसमा एक सिजन १५ मिलियन युरो कमाउनेछन् । यस्तै उनले बोनस पनि पाउनेछन् ।