Trending :
 

आज लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुने

जेठ २१,२०८१

-रासस

जेठ २१, २०८१ काठमाडौं ।
लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । 
 
लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको सचिव पुनले बताए ।