नेप्से परिसूचकमा ३.९७ अंकको गिरावट
-आस्था न्यूज
जेठ २१, २०८१ काठमाडौं ।
आज नेप्से परिसूचकमा ३.९७ अंकले गिरावट आएको छ । आज नेप्सेमा ४ अर्ब ४० लाख बराबरको कारोबार भएर नेप्से परिसूचक ०.१९ प्रतिशतले घटेर २,०७९ को बिन्दुमा पुगेको हो ।
नेप्सेमा सोमबार ८८ लाख २० हजार १२५ वटा सेयर कारोबार हुँदा ११० कम्पनीको मूल्य वृद्धि भएको छ भने १२९ कम्पनीको मूल्यमा गिरावट आयो । त्यस्तै ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।
आज दिनभरिमा ४ अर्ब माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर खरिदबिक्री भएको छ । आज यस कम्पनीको १४ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पोखरा फाइनान्सको १३ करोड ८६ लाख रुपैयाँको सेयरकारोबार भएको छ । ग्रिन भेञ्चरको १२ करोड ४० लाख रुपैयाँको सेयरकारोबार भएको छ ।
आज सबैभन्दा धेरै बुद्ध भुमी नेपालका लागानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.६६ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.९१ प्रतिशतका दरले कमाएका छन् । नेशनल लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनआइबिएल स्टेबल फण्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाइधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।