Trending :
 

पाकिस्तान सडक दुर्घटनामा एउटै परिवारका दश जनाको मृत्यु

पौष १०,२०७४

सांकेतिक तस्विर

-

 
कराँची, पाकिस्तान, १० पुस 
 
पाकिस्तानको सिन्ध प्रान्तस्थित सान क्षेत्रमा आइतबार दुई विपरित दिशाबाट आएका यात्रुबाहक बस एउटा सुजुकी भ्यानसँग ठक्कर खाँदा भएको दुर्घटनामा एउटै परिवारका १० जनाको मृत्यु भएको छ । 
 
इन्दुज राजमार्गमा बिहानै भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको र केही यात्रुहरू घाइते भएका बरिष्ठ प्रहरी उपरिक्षक इरफान बहादुरले बताउनुभयो । 
 
एकै परिवारका दुई पुरुष, चार महिलासहित चार जना बालबालिकाको घटनामा मृत्यु भएको उहाँले बताउनुभयो । 
 
सेहवान र जमसोरो शहरबाट छुटेका रात्रिकालिन दुई बस उच्च गतिमा आएका र उक्त भ्यानसँग ठोक्किएको बरिष्ठ प्रहरी उपरिक्षक इरफानले बताउनुभयो । दुर्घटनापछि दुबै बसका चालक फरार रहेका प्रहरीले जनाएको छ । 
 
रासस/एएन्आई