Trending :
 

आज सुन तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार

जेठ २२,२०८१

-आस्था न्यूज

जेठ २२, २०८१ काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको छ ।  अघिल्लो दिन तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ हजार ७०० रुपैयाँ बढेको हो । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १० ग्रामको भने मंगलबार १ लाख २२ हजार ३४५ रुपैयाँ कायम भएको छ । 
 
यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । अघिल्लो १८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार रु १० बढेर तोलामा १८६० रुपैयाँ कायम भएको हो ।