Trending :
 

शान्ति प्रक्रियाको बाँकी काम अविलम्ब टुंग्याउनुपर्नेमा सांसद सिटौलाको जोड

जेठ २२,२०८१

-आस्था न्यूज

जेठ २२, २०८१ काठमाडौं ।
नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी कामहरू अविलम्ब टुंग्याउनुपर्ने बताएका छन् । 
 
मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद सिटौलाले शान्ति प्रक्रियाको बाँकी कामहरू अविलम्ब टुंग्याउनुपर्ने बताएका हुन् । उनले तत्कालीन राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकहरूले अझैपनि न्याय नपाएका भन्दै उनीहरूलाई न्याय दिनका लागि अरू ढिलो गर्नु नहुने बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नसके राजनीतिक दलहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विवादको घेराबाट मुक्त हुन नसक्ने बताए । 
 
सांसद सिटौलाले यस विषयलाई टुंग्याउन नसकेमा दलहरू बिचको विश्वास संकटग्रस्त बन्दै जाने बताए । उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सरकारले प्राथमिकता दिनुपर्ने भन्दै प्रतिपक्ष दलहरू पनि रचनात्मक सहयोग गर्न तयार रहेको बताए ।
 
सांसद सिटौलाले संघीयताको कार्यान्वयनसँग सम्बन्धित कानुनहरू निर्माण गर्न पनि ढिलो गर्नु नहुने बताए ।