Trending :
 

नरेन्द्र मोदी लोक सभा सदस्यमा निर्वाचित

जेठ २२,२०८१

-आस्था न्यूज

जेठ २२, २०८१ काठमाडौं ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोक सभा सदस्यमा निर्वाचित भएका छन् ।
 
बाराणसी क्षेत्रमा उम्मेदवार बनेका मोदीले कांग्रेस प्रदेश अध्यक्ष अजय राईलाई १ लाख ५२ हजार मतान्तरले पराजित गरेका हुन् । उनी यही क्षेत्रबाट तेस्रो पटक चुनिएका हुन् ।
 
तर उनको मतान्तर भने घटेको छ । २०१९ मा मोदी ४ लाख ७९ हजार ५०५ मतान्तरले विजयी भएका थिए ।
 
मोदीको दल भारतीय जनता पार्टी (भाजपा) भने बहुमत ल्याउन असफल भएको छ ।
 
जारी मत गणनामा भाजपा २४३ सिटमा अगाडि छ । एनडीए गठबन्धन भने २९३ सिटमा अगाडि छ ।