Trending :
 

आज विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

जेठ २३,२०८१

-आस्था न्यूज

जेठ २३, २०८१ काठमाडौं ।
आज विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
 
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन थालिएको हो ।
 
यस वर्ष वातावरण दिवसको नारा ‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने रहेको छ । दिवसका अवसरमा देशका विभिन्न ठाउँमा सरकार लगायत विभिन्न संघसंस्थाले वृक्षारोपण गर्दैछन् ।
 
दिवसको अवसरमा जलवायु परिवर्तनका कारण सिर्जित विभिन्न‍ समस्या र तिनका समाधानमा विषयमा विभिन्न कार्यक्रमहरु पनि हुनेछन् ।
 
नेपालको संविधानमा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था रहेको छ ।