Trending :
 

मनसुनबाट हुने जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण

जेठ २३,२०८१

-आस्था न्यूज

जेठ २३, २०८१ काठमाडौं । 
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मनसुनका कारण हुने घटना रोकथाम, राहत तथा उद्धारका लागि विभिन्न तयारी गर्ने निर्णय गरेको छ । विपद्  जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना बनाएको हो । 
 
सो कार्ययोजना कार्यान्वयनका लागि सबै मन्त्रालय, विभाग तथा अन्य सम्बद्ध निकायलाई कार्यान्वयनका लागि निर्देशन दिने एवम् प्रदेश सरकार, स्थानीय तहलाई आफ्नो भूमिका अनुरूप कार्य गर्न अनुरोध गर्ने निर्णय गर्ने निर्णय गरेको छ ।
 
गृहमन्त्रीस्तरीय निर्णयअनुसार विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिवको नेतृत्वमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको स्थापना गर्ने निर्णय भएको छ । जुन कमान्ड पोस्टमा विभित्र मन्त्रालयका सचिव तथा विभिन्न सुरक्षा निकायका पदाधिकारीहरू सदस्य रहेका छन् ।