Trending :
 

सेयर बजार ५.५८ अंकले घटेर बन्द

जेठ २३,२०८१

-आस्था न्यूज

जेठ २३, २०८१ काठमाडौं । 
बुधबार सेयर बजार ५.५८ अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से सूचक ५.५८ अंकले घट्दै २ हजार ७९.७१ विन्दुमा झरेको हो । 
 
यस्तै बुधबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.४१ अंकले घट्दै ३७१.६१ विन्दुमा झरेको छ । बुधबार फाइनान्स, म्यानु एण्ड प्रो, माइक्रो फाइनान्स र म्युचुअल फण्डको उपसूचक धनात्मक भएका छन् भने बाँकी ८ वटा उपसूचक ऋणात्मक भएका छन् । तर बुधबार इन्भेष्टमेन्ट समूहको उपसूचक भने स्थिर रहेको छ । 
 
म्युचुअल फण्ड समूहको उपसूचक बुधबार सबैभन्दा बढी ४.९२ प्रतिशतले बढ्दा माइक्रो फाइनान्स समूहको उपसूचक १.३१ प्रतिशतले बढेको छ । 
 
बुधबार कूल ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँ बराबरको ८० लाख ४२ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । 
 
सबैभन्दा बढी एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिडेडको १९ करोड ३ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १८ करोड ४३ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 
 
बुधबार भगवती हाइड्रोपावर कम्पनी लिमिटेडका सेयरधनीले १० प्रतिशतले कमाएका छन् भने अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीका सेयरधनीहरुले ५.५१ प्रतिशतले गुमाएका छन् ।