Trending :
 

प्रधानमन्त्री प्रचण्ड दिल्ली जाने तयारी

जेठ २४,२०८१

-आस्था न्यूज

जेठ २४, २०८१ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् ।
 
मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएकाले उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने तयारी रहेको जनाइएको छ ।
 
मोदीले शपथ ग्रहण समारोहमा आउन निम्तो गरेकाले प्रधानमन्त्री प्रचण्ड दिल्ली जाने भएका हुन् । तर कहिले जाने भन्ने निश्चित हुन बाँकी छ ।