Trending :
 

सन्दीपको भिसाका लागि सरकारले उचित पहल नगरेको विश्वप्रकाश शर्माको टिप्पणी

जेठ २४,२०८१

-आस्था न्यूज

जेठ २४, २०८१ काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सन्दिप लामिछानेको भिसाका लागि सरकारले उचित पहल नगरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
 
विगतमा आरोप लागिरहेको अवस्थामा मैदानमा उत्रनुहुन्न भनेर भनिएको भएता पनि अहिले अदालतले नै निर्दोष ठहर गरिसकेको अवस्थामा सन्दिप लामिछानेले विश्वकप क्रिकेट खेल्न नपाउने अवस्थामा सरकार समेत जिम्मेवार रहेको उनको भनाइ छ ।
 
सम्मानित अदालतले निर्दोष साबित गरिसकेपछि सन्दीप लामिछाने विश्वकपको मैदानमा खेलिरहनुभएको अवस्था हुनुपर्थ्यो’ महामन्त्री शर्माले भने ।
 
लामिछानेको भिसाका लागि खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र समग्र सरकारले समयमै उचित पहल नगरिदिएको उनको टिप्पणी छ ।