Trending :
 

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौता पारित

जेठ २४,२०८१

-आस्था न्यूज

जेठ २४, २०८१ काठमाडौं ।
प्रतिनिधि सभा बैठकले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । 
 
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सो सम्झौता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अनुमोदनका लागि प्रस्ताव गरेका थिए । सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गर्दा बहुमतले अनुमोदन गरेको हो । जसको विपक्षमा एकमात्र नेमकिपाका सांसद प्रेम सुवाल रहेका थिए । 
 
संसदमा सो सम्झौता अनुमोदनका लागि प्रस्तुत गर्दै मन्त्री बस्नेतले नेपालको ऊर्जाको मुख्य स्रोत जलविद्युत भएपनि त्यसले मात्र माग धान्न नसक्ने भएकोले सौर्य ऊर्जालाई अघि बढाउन सौर्य प्रविधिले सहयोग पुग्ने बताए । 
 
सन् २०१५ मा फ्रान्स र भारतले संयुक्त रूपमा बनाएको यो गठबन्धनको मुख्य उद्धेश्य सौर्य ऊर्जाको उपयोगलाई बढाउनु रहेको छ ।