Trending :
 

टी-२० विश्वकपः सुपर ओभरमा अमेरिकासँग पाकिस्तानलाई पराजित

जेठ २५,२०८१

-आस्था न्यूज

जेठ २५, २०८१ काठमाडौं ।
आईसिसी टी-२० विश्वकपमा अमेरिकाले पाकिस्तानलाई पराजित गरेको छ। समूह ‘ए’मा रहेको अमेरिकाले बिहीबार राति पाकिस्तानमाथि ऐतिहासिक जित निकालेको हो। सुपर ओभरमा गएको खेलमा अमेरिकाले ५ रनको सनसनीपूर्ण जित दर्ता गरेको हो।
 
पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो। एरोन जोन्सले ११ रन बनाउँदा मोहम्मद आमिरले अतिरिक्त ७ रन उपहार दिएका थिए। सुपर ओभरमा जवाफी ब्याटिङ गरेको पाकिस्तान एक विकेट गुमाएर १३ रनमा समेटिएको हो।
 
विश्वकपमा पहिलो पटक सहभागिता जनाएको अमेरिकाको यो जित ऐतिहासिक बनेको छ। आयोजक राष्ट्रको हिसाबले विश्वकपमा सहभागिता जनाएको अमेरिकाले यो जितसँगै विश्व क्रिकेटमा तहल्का पिटेको छ। पाकिस्तान टी-२० विश्वकपको पूर्व विजेतासमेत टिम हो।
 
उसलेले सन् २००९ मा सम्पन्न टी-२० विश्वकपको दोस्रो संस्करणको उपाधि जितेको थियो। विश्वकपमा एसोसिएट्स सदस्य राष्ट्रले टेस्ट राष्ट्रलाई हराएको यो पहिलो पटक हो। यो जितसँगै अमेरिकाको क्रिकेटमा विश्वले ध्यान दिने देखिएको छ।
 
विश्वकपमा पहिलो हारसँगै पाकिस्तान अंकबिहीन बनेको छ। अमेरिका दोस्रो जितसँगै चार अंकका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ। अमेरिकाले पहिलो खेलमा क्यानडालाई सात विकेटले हराएको थियो।
 
जारी विश्वकपमा सुपर ओभरमा गएको यो दोस्रो खेल हो । यसअघि समूह ‘बी’ को एक खेलमा नामिबियाले ओमानमाथि सुपर ओभरमा जित निकालेको थियो ।