Trending :
 

टी-२० विश्वकपमा अस्ट्रेलियाको लगातार दोस्रो जित

जेठ २७,२०८१

-आस्था न्यूज

जेठ २७, २०८१ काठमाडौं ।
आईसिसी टी-२० विश्वकप अन्तर्गत शनिबार राति भएको खेलमा जित निकाल्दै अस्ट्रेलिया समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ। विशाल रनको लक्ष्य दिएको अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले हराएको हो।
 
सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको २०२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रनमा समेटिएको हो।
 
अस्ट्रेलियाको जितका लागि एडम जाम्पा र प्याट कमिन्सले किफायती बलिङ गरे। कमिन्सले ४ ओभरमा २३ रन खर्चेर दुई विकेट लिँदा जम्पाले २८ रन खर्चेर समान दुई विकेट हात पारे।
 
इंग्ल्याण्डका लागि कप्तान जोस बटलरले सर्वाधिक ४२ रन बनाए। फिल साल्ट ३७, मोइन अली २५ रनमा आउट हुँदा ह्यारी ब्रुकले २० रन बनाए। अस्ट्रेलियाका लागि जोस हेजलवुड र मार्कस स्टोइनिसले एकएक विकेट हात पारे।
 
सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले ७ विकेटको क्षतिमा २०१ रन बनाएको थियो। उसका लागि ओपनर ट्रेभिस हेड र डेभिड वार्नरले उत्कृष्ट सुरुवात गरेका थिए।
 
वार्नरले मात्र १६ बलमा दुई चौका र चार छक्का प्रहार गर्दै ३९ रन बनाए। हेडले १८ बलमा तीन छक्का र दुई चौकाको मद्दतमा ३४ रन जोडे।
 
कप्तान मिचेल मार्सले २५ बलमा ३५ रन बनाए भने मार्कस स्टोइनिसले ३० रन जोडे।
 
पहिलो खेलमा पहिलो बलमै आउट भएका ग्लेन म्याक्सवेलले दोस्रो खेलमा २८ रन जोड्दा म्याथ्यू वेडले १७ रन बनाए।