Trending :
 

विश्वकपमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

जेठ २७,२०८१

-आस्था न्यूज

जेठ २७, २०८१ काठमाडौं ।
आईसीसी टी-२० विश्वकपमा आइतबार  भारत र पाकिस्तानको प्रतिस्पर्धा हुँदैछ। विश्व क्रिकेटमा भारत र पाकिस्तानको भेटलाई प्रतिस्पर्धा भन्दा भिडन्तकै रुपमा हेरिन्छ। भारत-पाकिस्तान द्वन्द्वले यी दुई देशको खेलसमेत भिडन्त र विवादमासमेत पर्ने गरेको छ।
 
भारतले पाकिस्तानमा हुने भनिएका कतिपय खेल बष्किारसमेत गरेको छ। यसले विश्व क्रिकेटमा भारत र पाकिस्तानको प्रतिस्पर्धालाई रोचक ढंगले हेर्ने गरिन्छ।
 
विश्वकपको समूह चरणकै खेलमा भारत र पाकिस्तानले भेट पक्का गरेका हुन्। समूह ‘ए’मा रहेको भारतले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा भारतले आयरल्याण्डमाथि ८ विकेटको जित निकालेको हो। पाकिस्तान भने पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ।
 
पाकिस्तानका कप्तान बाबर आजम टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीको पहिलो स्थानमा छन्। उनले भारतीय ब्याट्सम्यान विराट कोहलीलाई उछिनेका हुन्।
 
यो विश्वकपको पहिलो खेलमा अमेरिकाविरुद्ध ४४ रन जोडेका बाबरले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा चार हजार ६७ रन बनाएका हुन्।
 
दोस्रो स्थानमा रहेका विराट कोहलीले चार हजार ३८ रन बनाएका छन्। यो सूचीको तेस्रो स्थानमा भारतकै कप्तान रोहित शर्मा रहेका छन्। उनले चार हजार २६ रन बनाएका छन्।