Trending :
 

कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडियो, १४ खच्चर तारमा फसेर अड्किए

जेठ २७,२०८१

-आस्था न्यूज

जेठ २७, २०८१ काठमाडौं ।
अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् । पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् ।
 
पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ ।
 
यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुलले अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्छ ।
 
जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको जानकारी दिए ।