Trending :
 

मोदीको शपथमा भाग लिन प्रधानमन्त्री प्रचण्ड दिल्ली प्रस्थान

जेठ २७,२०८१

-आस्था न्यूज

जेठ २७, २०८१ काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल दिल्ली प्रस्थान गरेका छन् । 
 
नवनियुक्त भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ शपथ लिँदैछन् ।
 
प्रधानमन्त्रीको साथमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्सालसहित ७ जना छन् । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्किनेछन् । भारतमा रहँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मूर्मूसँग ‌शिष्टाचार भेट गर्नेछन् ।