Trending :
 

कर्णाली पुलमा फसेका १४ खच्चडमध्ये दुईवटा मरे

जेठ २७,२०८१

-आस्था न्यूज

जेठ २७, २०८१ काठमाडौं ।
कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका १२ खच्चडको उद्धार भएको छ भने २ को मृत्यु भएको छ । 
 
दैनिक उपभोग्य बस्तु ढुवानीका लागि अछामबाट दैलेख आउने क्रममा कर्णाली नदी माथिको झोलुंगे पुलको जालीमा अड्किएका खच्चडलाई जाली काटेर कर्णाली नदीमा खसाले उद्धार गरिएको छ ।
 
आइतबार बिहान साढे ९ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिका–९ बाट दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्यूला बजारमा आउने क्रममा झोलुंगे पुलको एकातर्फका दुइटा लठ्ठा चुँडिदा १४ खच्चड जालीमा फसेका थिए ।
 
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीका साथै स्थानीयले जालीमा अड्किएका खच्चडलाई जाली काटेर कर्णाली नदीमा खसालेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी सुनिल दाहालले एउटा खच्चडको पुलमै मृत्यु भएको र अर्कोको कर्णाली नदीमा खसाल्ने क्रममा मृत्यु भएको बताए ।