Trending :
 

निजी वनको दिगो व्यवस्थापन अति आवश्यक रहेको उपराष्ट्रपति यादवको जोड

जेठ २८,२०८१

-आस्था न्यूज

जेठ २८, २०८१ काठमाडौं ।
उपराष्ट्रपति राम सहायप्रसाद यादवले निजी वनको दिगो व्यवस्थापन अति आवश्यक रहेको बताएका छन् ।
 
सोमबार काठमाडौँमा पारिवारिक निजी वन संघले नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा काष्ठ र गैरकाष्ठ वन पैदावारको सहज आपूर्तिको व्यवस्था गर्न सके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका हुन् । 
 
उनले बढ्दो बसाइसराइ, महत्त्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित सहरीकरण,जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहना र आवश्यकता जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनका कारणले हुने गरेको अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि आदि संरक्षण र दिगो विकासका लागि विद्यमान चुनौतीहरूलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भई अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।