Trending :
 

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले गरे मन्त्रीमण्डल विस्तार

जेठ २८,२०८१

-आस्था न्यूज

जेठ २८, २०८१ काठमाडौं ।
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्री मण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री सोडारीले सोमबार मन्त्रीमण्डल विस्तार गरेका हुन् । 
 
सोडारीले नेकपा माओवादी केन्द्र र नेकपा एमालेबाट ३र३ जना, एक जना एकीकृत समाजवादीका सांसदलाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रीमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमविक्रम भाटलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् ।
 
त्यस्तै उनले एमालेका वीरबहादुर थापा, हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी विक र एकीकृत समाजवादीकी माया पन्तलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका छन् ।
 
योसँगै सुदूरपश्चिममा मुख्यमन्त्रीसहित मन्त्रीहरूको सङ्ख्या १० पुगेको छ ।