Trending :
 

श्रम सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल आज जेनेभा जादै

जेठ २९,२०८१

-आस्था न्यूज

जेठ २९, २०८१ काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेल आज साँझ स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्दै छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल त्यसतर्फ जान लागेका हुन् ।
 
उनले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
भ्रमणका क्रममा उनले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् ।
 
नेपालका राष्ट्र प्रमुख र स्वीस महासङ्घका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ ।