Trending :
 

पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणी मुद्दामा ७ वर्ष कैद

जेठ २९,२०८१

-आस्था न्यूज

जेठ २९, २०८१ काठमाडौं ।
काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको छ। न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै सजाय सुनाएको हो ।  जिल्लाले उनलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको छ।  
 
जरिवानाको रूपमा सुनाएको उक्त रकम पीडितले पाउने छिन् ।
 
जिल्लाले यसअघि उनलाई जेठ १३ गते दोषी ठहर गरेको थियो । उक्त फैसलाको आइतबार सजाय निर्धारण गर्दै कैद र जरिवाना तोकेको हो । 
 
उनी सर्वोच्च अदालतको आदेशले यसअघि नै थुनामा रहेका छन् ।
 
सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीलाई सहमति विना शारीरिक सम्बन्ध राखेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो। जिल्लाले फौजदारी अभियोगमा दोषी ठहर गरेपछि उनले न्यायाधीश पदसमेत गुमाइसकेका छन् ।