Trending :
 

पुलमा फसेर मरेका खच्चडका मालिकलाई क्षतिपूर्ति दिन माग

जेठ ३०,२०८१

-आस्था न्यूज

जेठ ३०, २०८ १ काठमाडौं ।
नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुडिँदा फसेर मृत्यु भएका खच्चडको मालिकलाई उचित क्षतिपूर्ति दिन माग गरेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद रानाले क्षतिपूर्तिको माग गरेकी हुन् ।
 
पुलको लट्ठा चुडिँदाको दृश्यले सबैको मन रोएको भन्दै उनले खच्चडको मालिकलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था तुरुन्तै गर्न आग्रह गरिन् । 
 
जेठ २७ गते पुलको लट्ठा चुडिँदा फसेका १३ वटा खच्चडमध्ये ११ वटाको जीवितै उद्धार भएको थियो भने दुइ वटाको मृत्यु भएको थियो ।