Trending :
 

अरुण तेस्रोमा पहिरो जादा एक मजदुरको मृत्यु

जेठ ३०,२०८१

-आस्था न्यूज

जेठ ३०, २०८ १ काठमाडौं ।
संखुवासभा जिल्लाको चिचिला गाउँपालिका-३ स्थित अरूण तेस्रो जलविद्युत आयोजनाको अडिट थ्री बेस क्याम्पमा अविरल वर्षापछिको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ।
 
पहिरोले उक्त जलविद्युत आयोजनाका मजदुर बर्दियाको बारबर्दिया नगरपालिका-४ घोराभिट्टा निवासी २१ वर्षीय गंगाराम थारूको मृत्यु भएको हो।
 
उक्त पहिरोले बेस क्याम्प हाइड्रोमा काम गर्ने मानिसहरू बस्ने १४ वटा कोठामध्ये ३ वटा बगाउँदा सुतिरहेका थारूको पुरिएर मृत्यु भएको हो ।
 
पहिरोमा पुरिएर घाइते भएका २ जनाको हाइड्रोपावरको क्लिनिकमा उपचार भइरहेको छ । घटनापछि इलाका प्रहरी कार्यालय हेदङ्नाबाट खटिएको प्रहरी उद्धारमा खटिएका थिए ।