Trending :
 

न्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न न्याय परिषद् बैठक आह्वान

जेठ ३१,२०८१

-आस्था न्यूज

जेठ ३१, २०८१ काठमाडौं ।
न्याय परिषद् बैठक लागि आह्वान भएको छ । बिहीबार अपराह्नका लागि परिषद्को बैठक आह्वान भएको हो । न्याय परिषद् सचिवालयका अनुसार बैठकमा न्यायाधीश नियुक्तिका लागि सिफारिस सहितका विभिन्न एजेन्डा तय गरिएको छ ।
 
परिषद् सचिवालयले आजको बैठकमा सर्वोच्चमा चार रिक्त न्यायाधीश नियुक्तिका लागि आवश्यक छलफल गरेर सकेसम्म आजै सिफारिस हुनेछ । सर्वोच्चका वरिष्ठतम् न्यायाधीश आनन्द मोहन भट्टराई अवकाशमा जान लागेको र मुद्दाको चाप व्यवस्थापनका लागि पनि तत्काल सर्वोच्चमा रिक्त न्यायाधीश सिफारिस गर्नुपर्ने बाध्यता रहेको छ ।
 
यस्तै जिल्ला न्यायाधीशको लोकसेवाको नतिजा प्राप्त भएको र न्याय सेवा आयोगले  त्यसलाई अनुमोदन गरिसकेकाले परिषद्ले अनुमोदन गर्ने बताइएको छ ।