Trending :
 

समयमा नै किसानलाई मल उपलब्ध गराउन रास्वपा सांसद सन्तोष परियारको माग

जेठ ३१,२०८१

-आस्था न्यूज

जेठ ३१, २०८१ काठमाडौं ।
किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारसँग माग गरेको छ । 
 
बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पार्टीका प्रमुख सचेतक सन्तोष परिवारले यस्तो माग गरेका हुन् । 
 
सरकार मलको अभाव छैन भन्ने तर किसानले १० किलो भन्दा बढी मल नपाउने अवस्था रहेको बताए । उनले भक्तपुरका कृषि उब्जनी हुने मध्यपुर ठिमी  र बोडे लगायतका किसानहरूले १० किलो भन्दा बढी मल नपाएको बताए । 
 
उनले मल अभाव छैन भने पनि बजारमा मल नपाएको भन्दै सरकारले तत्काल मल समयमा किसानलाई उपलब्ध गराउन माग गरे । परियारले किसानहरूले कालोबजारीमार्फत मल किन्दा जति पनि पाइने अवस्था रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए । 
 
उनले भने, ‘सरकार मलको अभाव छैन भन्छ । तर भक्तपुरका किसानहरू १० किलो भन्दा मल पाउँदैनन् । भक्तपुरको नयाँ ठिमी, बोडे कृषि उब्जनी हुने क्षेत्र छ । तर सरकार मल अभाव छैन भन्छ अर्कोतिर मल पाइँदैन । कालोबजारी गरेर मल दिने जति पनि भेटिन्छन् । यो विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । कृषि उत्पादन बढाउनको लागि मलको व्यवस्था गरोस् ।’
 
उनले कृषि उत्पादन बढाउनको लागि समयमा नै किसानलाई मलको व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।