सिरहामा महिला प्रहरी कार्यालयमै मृत फेला
-आस्था न्यूज
जेठ ३१, २०८१ काठमाडौं ।
जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक महिला प्रहरी जवान कार्यालयमै मृत भेटिएकी छिन् ।
बिहीबार दिउँसो साढे ३ बजेतिर शौचालयमा पासो लागेको अवस्थामा उनको शव भेटिएको हो । तर, घटना प्रहरीले गुपचुप राख्न चाहेको छ । सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले मृतक महिला प्रहरी जवान भए पनि आफू बाहिर भएको भन्दै नाम खुलाउन चाहेनन् ।
घटनापछि जिल्ला प्रहरी कार्यालय खाली गराइएको छ । सेवाग्राहीलाई विशेष बैठक भन्दै कार्यालय परिसरबाट फिर्ता पठाइएको छ ।
प्रहरीले सुरुमा घटनाबारे केही बताउन चाहेको थिएन । त्यसपछि घटनाबारे बुझ्न सञ्चारकर्मीहरू जिल्ला प्रहरी कार्यालयमै छिरेका थिए ।
उनीहरू घटनाबारे सोधखोज गरेपछि प्रहरी निरीक्षक उदयभान द्विवेदीले सञ्चारकर्मीहरूलाई हातपात गर्दै दुर्व्यवहार गरेको बताइएको छ ।