Trending :
 

यु-१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा लुम्बिनी र बाग्मती चेस च्याम्पियन

जेठ ३१,२०८१

-आस्था न्यूज

जेठ ३१, २०८१ काठमाडौं ।
यु-१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको बुद्धिचाल अन्तरगत खुलामा लुम्बिनी तथा छात्रामा बाग्मती पहिलो भएको छ ।
 
लुम्बिनी प्रदेशले सात चरणको खेलमा सत प्रतिशत जित हासिल गर्दै १४ अंक जोडेको हो । बाग्मती ११ अंक सहित दोस्रो तथा सुदूर पश्चिम ९ अंक सहित तेस्रो भयो । लुम्बिनीको टोलीमा किरण भण्डारी, टोपलाल अधिकारी, सुशान्त अर्याल र आरुष नाग थिए । 
 
यसै गरी छात्रा तर्फ बाग्मतीले सत प्रतिशत जीत निकाल्दै पहिलो स्थान हात पारेको छ । 
बाग्मतीको जीतमा रिया श्रेष्ठले प्रेरणादायी प्रदर्शन गरिन। यसै महिना सम्पन्न नवौँ राष्ट्रिय महिला च्याम्पियनसिपमा पाँचौँ स्थान हात पारेकी रियाले यस प्रतियोगितामा सत प्रतिशत स्कोर गरेकी हुन् । 
 
लुम्बिनीले चौथो चरणमा बाग्मतीसँग १–३ ले पराजित हुनु बाहेक अन्य खेलमा हार सहन परेको थिएन । बाग्मतीको टोलीमा रियासँगै राष्ट्रिय च्याम्पियनसिपको अनुभव बटुली सकेकी श्रीसा दुवाल पनि समावेश थिइन् । 
 
अन्य खेलाडीमा एन्जल महर्जन र प्रकृति राई थिए । टोलीको प्रशिक्षण दुई पटकका राष्ट्रिय च्याम्पियन तथा फिडे ट्रेनर केशव श्रेष्ठले गरेका थिए ।
 
May be an image of 11 people, chess and text
May be an image of 6 people, chess and text that says