Trending :
 

ताप्लेजुङको पहिरोमा परेर घर बगाउँदा एकै परिवारका ४ जनाको निधन

जेठ ३२,२०८१

-आस्था न्यूज

जेठ ३२, २०८१ काठमाडौं ।
 
गएराति ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-२ खेजेनिम, तिङ्दुमा बाढीमा परेर एकै परिवारका चार जनाको निधन भएको छ।
 
बाढीले घर बगाउँदा गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुका बुवा ७० वर्षीय रामबहादुर लिम्बु, आमा ५० वर्षीया जसमाया र दुई जुम्ल्याहा बहिनी ९ वर्षीया गंगा र जमुनाको निधन भएको हो।
 
उपाध्यक्ष लिम्बुले आफ्नो परिवार नै गुमाउनुपरेको र अन्य दुई तीन परिवार प्रभावित भएको जानकारी दिए।
 
पहिरोले घर बगाउँदा ५० वटा बाख्रा र ३० वटा कुखुरासमेत मरहेको प्रहरी कार्यालय ताप्लेजुङले जानकारी गराएको छ । प्रहरीलाई प्रारम्भिक जानकारी ४० वर्षीय युगेन र उनकी तीन वर्षीया छोरी गम्भीर घाइते भएका छन् ।