अब राष्ट्रिय परिचयपत्रमा लाइसेन्सको विवरण लिङ्ग गरेर ट्राफिक चेकजाँच र जरिवाना गर्ने
-आस्था न्यूज
जेठ ३२, २०८१ काठमाडौं ।
गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्रमा लाइसेन्सको विवरण लिङ्ग गरेर ट्राफिक चेकजाँच र जरिवाना गर्नेगरी प्रणाली विकाश गरेको छ । शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सो प्रणाली ‘गेम चेन्जिङ प्रोजेक्ट’को रूपमा रहेको बताए ।
ड्राइभिङ्ग लाइसेन्स युजर आफैँले यातायात व्यवस्था विभागको पोर्टमा गएर डाटाबेसमा राष्ट्रिय परिचयपत्र अपडेट गराउन सक्छन् । त्यसपछि सवारी चालकले एनआइडी मात्रै बोकेर हिँड्न सक्ने मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
राष्ट्रिय र परिचयपत्र हेरेर ट्राफिक प्रहरीले फोटो भेरिफाइ गरेपछि राष्ट्रिय परिचयपत्रको पछाडिपट्टि रहेको क्युआर स्क्यान गर्दा चालकको विस्तृत विवरण आउँछ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सूचना प्रविधिबारे जानकार एक अधिकृतले भने,‘स्क्यान गर्दा लाइसेन्सको विवरण रिट्रयाप गरेर देखाउँछ ।’
परिचयपत्र नहुँदा पनि नेशनल आइडी नम्बरको आधारमा ट्राफिक प्रहरीसँग भएको एपमा टाइप गरेपछि विवरण देखिन्छ । ट्राफिक प्रहरी एपमा नै कारबाहीको विवरण राख्न सकिने गरी प्रणाली विकाश गरिएको छ । प्रहरीसँग भएको एपमा राष्ट्रिय परिचयत्रलाई लिङ्ग गर्नेगरी प्रणाली विकाश गरिएको गृह मन्त्रालयले जनाएको छ ।
मोबाइल एपमै पनि कारबाहीको विवरण इन्ट्र गर्न मिल्छ । तत्काल जरिवाना तिर्न सकिन्छ । सेन्ट्रल ट्राफिक रुल भाइलेसन सिस्टममा गएर स्टोर हुन्छ त्यो भएपछि राष्ट्रिय परिचयपत्रको डेटा सेन्टरमा लिंक भएर सेवा रोकिन्छ ।