Trending :
 

प्रधानमन्त्री प्रचण्ड र राखेप सदस्य-सचिव नेपाल र दक्षिण अफ्रिकाबीचको क्रिकेट हेर्दै

आषाढ ०१,२०८१

-आस्था न्यूज

असार १, २०८१ काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङ वेस्ट इन्डिजमा भइरहेको आईसीसी टी- २० विश्वकप अन्तर्गत नेपाल र दक्षिण अफ्रिकाबीचको खेल सँगै बसेर हेरिरहेका छन् ।
 
प्रधानमन्त्री दाहाल र सदस्य–सचिव घिसिङले प्रधानमन्त्री निवास बालुवाटारमा सँगै बसेर खेल हेरिरहेका हुन् ।
 
टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको नेपालले दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोक्न सफल भएको छ ।