Trending :
 

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१-०८२ को बजेट आज ल्याउँदै

आषाढ ०१,२०८१

-आस्था न्यूज

असार १, २०८१ काठमाडौं ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१-०८२ को बजेट आज ल्याउँदै छ । दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।
 
सरकारले ३५ देखि ४० अर्बको बिचमा बजेट ल्याउने तयारी गरेको छ ।प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा झन्डै १० अर्ब रुपैयाँ घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने गृहकार्य गरेको थियो । राजश्व सङ्कलनमा आएको कमीका कारण प्रदेश सकारको बजेट आकार घट्ने भएको हो ।
 
प्रदेश सरकारले आर्थिक वर्ष २०८०-०८१ का लागि कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । संघीय सरकारले दिने अनुदान र प्रदेशको राजस्वको स्रोत पनि वृद्धि नभएका कारण करिब ३५ देखि ४० अर्बको बिचबाट बजेट ल्याउन थालेको अर्थ  मन्त्रालय स्रोतले  जनाएको  छ।