Trending :
 

जेरुसेलममा राजदूतावास सार्ने ग्वाटेमालाको निर्णय प्रशंसनीय ःनेतन्याहु

पौष ११,२०७४

-


ग्वाटेमालाले आफ्नो राजदूतावास जेरुसेलम सार्ने निर्णय प्रशंसनीय छ, प्रधानमन्त्री नेतन्याहुले भन्नुभयो । 

ट्रम्पले जेरुसेलमलाई इजरायली राजधानीको मान्यता दिने निर्णयका कारण विश्व समुदायले अमेरिकाको आलोचना गरिरहेका समय ग्वाटेमालाले आइतबार जेरुसेलममा राजदूतावास सार्ने घोषणा गरेको थियो । 

ग्वाटेमालाले गरेको निर्णय स्वागतयोग्य भएको बताउँदै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एक वक्तब्य जारी गर्दै भन्नुभयो, “अमेरिका, ग्वाटेमालाले आफ्ना राजदूतावासलाई जेरुसेलम सार्ने घोषणा गरेका छन् उनीहरुले जस्तै अन्य मुलुकले पनि जेरुसेलमबारे अमेरिकी यस कदमलाई पछ्याउँदै विश्वका निर्णय लिनेछन् ।” 

उहाँले थप्नुभयो, “यो शुरुवात मात्र भएपनि महत्वपूर्ण कदम हो ।”