Trending :
 

काठमाडौं महानगरपालिकाको नगरसभा बैठक स्थगित

आषाढ ०२,२०८१

-आस्था न्यूज

असार २, २०८१ काठमाडौं ।
काठमाडौं महानगरपालिकाको नगरसभा बैठक स्थगित भएको छ। कार्यपालिका सदस्यहरू हिँडेपछि बैठक स्थगित हुन पुगेको हो ।
 
कार्यालिका ससदस्यहरू हिँडिदिएपछि मेयर बालेन्द्र साहले फेरि एक पटक सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।
 
नगरसभा स्थगित भएक आक्रोश उनले ठूला राजनीतिक दलका प्रतिनिधहरूमाथि पोख्न भ्याएका छन् ।
 
आर्थिक वर्ष २०८१/८२ का लागि गत जेठ ३२ गते प्रस्तुत वार्षिक नीति तथा कार्यक्रमबारे छलफल गर्न बोलाइएको नगरसभाको बैठक नेकपा एमाले र नेपाली कांग्रेसका जनप्रतिनिधिले बहिष्कार गरेर हिँडेपछि मेयर साह तनावमा परेका हुन् ।
 
नगरसभा बैठकअघि मेयर साहले वार्षिक नीति तथा कार्यक्रमबारे बोल्न चाहनेहरूलाई ५ मिनेटभित्र नाम टिपाउन भन्दै समय दिएका थिए।
 
साहको उक्त निर्णयमा असहमति जनाउँदे एमाले र कांग्रेसका प्रतिनिधिहरूले बैठक बहिष्टकार गरिदिएपछि काठमाडौंको पन्ध्रौँ नगरसभाको दोस्रो बैठक असार १० सम्मलाई स्थगित गरिएको छ ।