आइतबार १७ अंकले घट्यो सेयर बजार
-आस्था न्यूज
असार २, २०८१ काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०४ अकंले घटेर २०९५.२५ बिन्दुमा बन्द भएको छ । आज ३१७ कम्पनीको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
एनआरएनको १८ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १५ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका छन् । शिभ श्री हाइड्रोका लगानीकर्ताले ८.१७ प्रतिशतका दरले कमाएका छन् । कुथली बुखरीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।