Trending :
 

ढुवानी व्यवसायीको आन्दोलनले निजी पट्रोल पम्पहरू बन्द, सरकारीमा इन्धन भर्नेको घुँइचो

आषाढ ०३,२०८१

-आस्था न्यूज

असार ३, २०८१ काठमाडौं ।
पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै सुरू गरेको आन्दोलनका कारण सोमबार पनि पट्रोल पम्पहरू बन्द रहेका छन् ।
 
निजी पेट्रोल पम्पहरू बन्द भएपछि सरकारी निकायले सञ्चालन गरेका पम्पहरूमा सर्वसाधारणको घुँइचो लागेको छ । पम्पहरू अगाडी ठूला लाइन छन् ।
 
अहिले नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण आइतबारबाटै राजधानीका निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका छन् ।
 
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले पेट्रोलियम मजदुरहरुले विभिन्न माग राखी आपूर्ति रोक्दा पम्पहरुमा इन्धन अभाव भएको हो ।
 
अधिकांश निजी पम्पमा ‘पेट्रोल छैन’ लेखिएको सूचना टाँस गरिएको छ । खुलेका केही पेट्रोल पम्पहरुमा भने लामो समय पालो पर्खनुपर्ने बाध्यता छ । गर्मीको बेला लामो समयसम्म लाइनमा बस्नुपर्दा सवारी चालकहरु हैरान छन् ।
 
पेट्रोलियम मजदुरहरुले सबै ट्यांकर चालकरसहचालकको श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसार तलबको व्यवस्था गर्न माग गरेका छन् ।
 
स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न तथा चालक र सहचालकलाई जोखिम भत्ताको व्यवस्था गरिनुपर्ने माग समेत उनीहरुले राखेका छन् ।