Trending :
 

युरो कपः फ्रान्स, स्लोभाकिया र रोमानियाको जित

आषाढ ०४,२०८१

-आस्था न्यूज

असार ४, २०८१ काठमाडौं ।
जर्मनीमा जारी युरोकप फुटबलमा फ्रान्सले विजयी सुरुवात गरेको छ । आज बिहान सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रियालाई १–० गोलले हराउँदै फ्रान्स विजयी भएको हो ।
 
अष्ट्रियाले गरेको आत्मघाती गोलका कारण फ्रान्सले जित निकालेको हो । अष्ट्रियाका म्याक्सिमिलेन वेबरले खेलको ३८औँ मिनेटमा आत्मघाती गोल गरेका थिए ।
 
त्यसपछि दुवैतर्फबाट थप गोल नहुँदा फ्रान्स १–० गोलले विजयी बन्यो । टोलीका कप्तान केलियन एमबाप्पे खेलको ९०औँ मिनेटमा घाइते भएका थिए ।
 
विपक्षी खेलाडीसँग ठोक्किँदा उनको नाकमा चोट लागेको थियो । चोट लागेपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालले उनको नाकको शल्यक्रिया गर्नुपर्ने जनाएको छ ।