Trending :
 

समस्याग्रस्त २० सहकारीका पदाधिकारीले संसदीय छानबिन समितिलाई बुझाए प्रतिवदेन

आषाढ ०४,२०८१

-आस्था न्यूज

असार ४, २०८१ काठमाडौं ।
सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिलाई समस्याग्रस्त २० वटा सहकारीका अध्यक्ष र पदाधिकारीहरुले लिखित प्रतिवेदन बुझाएका छन् । उनीहरुले बुझाएका प्रतिवेदनलाई आधार मानेर समितिले मंगलबारबाट छलफल थालेको छ ।
 
मंगलबार समितिले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीसँग छलफल गरेको छ ।  
 
मंगलबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री अधिकारी, मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसहितका सम्वद्ध निकायसँग प्रारम्भिक छलफल गरेको हो ।
 
सम्बन्धित मन्त्री र सम्बद्ध सबै निकायका पदाधिकारीसँग छलफल गरिएको र सहकारीको बचत रकम दुरुपयोगसम्बन्धि छानबिनका लागि महत्वपूर्ण जानकारी प्राप्त भएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए ।
 
बैठकमा समस्याग्रस्त २० वटा सहकारी संस्थाका पदाधिकारीहरुले सो सम्बन्धमा लिखित जानकारी गराएका थिए । सोही जानकारीको आधारमा अब आफ्नो कामलाई तीब्रता दिने विशेष समितिले जनाएको छ ।